काठमाडौं । साताको चौथो कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक एकोहोरो अंकले बढ्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से दिउसो २ बजेयता उकालो लाग्दा नेप्सेमा ८.७८ अंकको वृद्धि देखिएको हो ।
आज कुल ३ सय ५९ कम्पनीका ८९ लाख ६४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँ माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये ८ समुहको परिसुचक ओरालो लाग्दा बाँकी ५ समुहको परिसुचकमा भने वृद्धि देखिन्छ ।
आज कारोबारमा आएकामध्ये १ सय ८ कम्पनीको सेयरमूल्य बढ्दा १ सय ५२ कम्पनीको सेयरमूल्यमा गिरावट देखिएको छ । आज सेयरमूल्य उकालो लागेकामध्ये अपर लोहोरे खोला र कालंगा जलविद्युत आयोजनाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

