२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो


सञ्चार डबली
  • मंगलबार, असार १६ २०८३
  • 2.2K
    SHARES

  • सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

    काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक २४.६३ अंकले घटेर २ हजार ६ सय ८.३३ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ३५ कम्पनीको घटेको छ ।

    मंगलबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । यसदिन ३ अर्ब २५ करोड ८७ हजार ५८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा स्नो रिभर्सका लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा टक्सार पिखुवा खोला हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर भाउ १४.०३ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend