२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब ९४ करोडको कारोबार


सञ्चार डबली
  • शुक्रबार, असार १२ २०८३
  • 1.8K
    SHARES

  • सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब ९४ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । यसदिन नेप्से परिसूचक २ अंकले घटेर २ हजार ६ सय ४९.५१ अंकको बिन्दुमा आएको छ । आज कारोबारमा आएका ८५ कम्पनीको सेयर मूल्य घटेको छ भने १ सय ७० कम्पनीको बढेको छ ।

    शुक्रबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा स्नो रिभर्स लिमिटेड, याम्बालिङ हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यी तीनै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्नो रिभर्सको आइपीओ आजैदेखि दोस्रो बजारमा कारोबार सुरु भएको हो भने याम्बालिङ हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओ केही दिन पहिले मात्रै सूचीकृत भएको हो । आज सबैभन्दा धेरै गुमाउनेमा कालिका लघुवित्तका लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको सेयर मूल्य १०.७६ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend