काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन नेप्से परिसूचक ८.५० अंकले घटेर २ हजार ६ सय ५१.५२ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका ८३ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय २ कम्पनीको घटेको छ ।
आज २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँको भएको छ । यो एक महिना यताकै न्यून कारोबार हो । यसअघि जेठ ४ गते २ अर्ब ४५ करोड ८ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बुधबार ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।
बिहीबार सबैभन्दा धेरै कमाउनेमा याम्बालिङ हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यी दुवै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा भुजुङ हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको सेयर भाउ ११.०३ प्रतिशतले घटेको छ ।


