२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो, कति भयो कारोबार ?


सञ्चार डबली
  • शुक्रबार, जेठ २२ २०८३
  • 3.1K
    SHARES

  • images
    नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो, कति भयो कारोबार ?

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ।

    शुक्रबार नेप्से परिसूचक ११.३७ अंक घटेर २७५५.४१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंक घटेको छ।

    नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। बिहीबार ४ अर्ब ७० करोड रुपैयाँबराबरको शेयर किनबेच भएको बजारमा यस दिन ३५१ स्टकको ५५ हजार ४६७ पटकको कारोबारमा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार रुपैयाँबराबरको १ करोड २७ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    कालिञ्चोक हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ९८ रुपैयाँ ८० पैसा बढेर ७५७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ।

    कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५५ करोड ६९ लाख ६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिटि होटलको साढे १९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।

    १३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend