२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

नेप्से परिसूचक २७ दशमलव ८५ अङ्कले बढ्यो, कति भयो कारोबार ?


सञ्चार डबली
  • सोमबार, जेठ ११ २०८३
  • 2.8K
    SHARES

  • images
    नेप्से परिसूचक २७ दशमलव ८५ अङ्कले बढ्यो, कति भयो कारोबार ?

    साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    यस दिन नेप्से परिसूचक २७.८५ अंक बढेर २७८६.३५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.८५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंक बढेको छ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत शुक्रबार ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४२ स्टकको ७५ हजार ८५६ पटकको कारोबारमा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँबराबरको १ करोड ४५ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.०१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको बुंगल हाइड्रोको शेयरमूल्य यस दिन सर्वाधिक १०.३२ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६० करोड २० लाख १४ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको ३० करोड १७ लाख ५७ हजार रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावर कम्पनीको कारोबार रकम १८ करोड रुपैयाँ नाघेको छ।

    १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend