२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

धितोपत्र बोर्डको पाइपलाइनमा थपिए ४ कम्पनीको आइपीओ


सञ्चार डबली
  • आइतबार, वैशाख २७ २०८३
  • 3.0K
    SHARES

  • images
    धितोपत्र बोर्डको पाइपलाइनमा थपिए ४ कम्पनीको आइपीओ

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ४ कम्पनीको आइपीओ थपिएको छ। विभिन्न क्षेत्रका ४ कम्पनीले आइपीओ अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन्।

    ती कम्पनीका डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस, केटीएम हस्पिट्यालिटी, एसियन कन्क्रिटो र भगवती स्टिल इन्डस्ट्रिज रहेका छन्। धितोपत्र बोर्डले अनुमति दिएमा डोलेश्वर भिलेजले १०० रुपैयाँ अंकित दरका कुल १६ लाख २० हजार कित्ता शेयर जारी गर्नेछ। बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

    केटीएम हस्पिट्यालीले पनि १०० रुपैयाँ अंकित दरका कुल १५ लाख ५० हजार कित्ता शेयर ल्याउनेछ। बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ। एसियन कन्क्रिटोले १०० रुपैयाँ अंकित दरका कुल १० लाख ६२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्नेछ।  बिक्री प्रबन्धमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

    भगवती स्टिलले भने प्रिमियम मूल्यमा आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरमा १३३ रुपैयाँ प्रिमियम थपेर २३३ रुपैयाँ कुल १५ लाख कित्ता शेयर निष्कासन गर्नेछ। बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend