२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

 घटे सेयर बजारका सबै सूचक, नेप्से २८३३ अंकमा


सञ्चार डबली
  • बिहीबार , वैशाख ३ २०८३
  • 3.4K
    SHARES

  • images
     घटे सेयर बजारका सबै सूचक, नेप्से २८३३ अंकमा

    काठमाडौं । बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३३.८३ अंक (१.१८ प्रतिशत) घटेको छ । सो घटाइसँगै नेप्से २८३३ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३३.२७ अंक बढेको थियो ।

    कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ५३ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको भयो ।  ३१ कम्पनीको मूल्य बढ्दा २३६ को घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै १.९८ प्रतिशत घट्यो ।

    बैंकिङ ०.८०, विकास बैंक १.१५, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर १.५१, लगानी १.२७, जीवन बीमा ०.९०, उत्पादन तथा प्रशोधन १.५४, माइक्रोफाइनान्स ०.७१, निर्जीवन बीमा १.२८, अन्य १.९० तथा व्यापार १.०१ प्रतिशत घटे ।

    ५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् । सिन्धु विकास बैंकको मूल्य सबैभन्दा धेरै ९.४७ प्रतिशत घट्यो । भूगोल इनर्जीको ७.७९, भुजुङ हाइड्रोपावरको ७.३९ तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ४.६५ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, सोलु हाइड्रोपावर र रिडी पावर छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend