२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

यो पहिलो वर्षको दिन सेयर बजार ३३ अंकले बढ्यो, कति भयो कारोबार ?


सञ्चार डबली
  • बुधबार, वैशाख २ २०८३
  • 3.5K
    SHARES

  • images
    यो पहिलो वर्षको दिन सेयर बजार ३३ अंकले बढ्यो, कति भयो कारोबार ?

    काठमाडौं ।  नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन बुधबार सेयर बजार ३३.२७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २८६६ अंकमा पुगेको छ । कारोबारका क्रममा दिउँसो १ : ०७ बजे नेप्से परिसूचक २८७९ अंकसम्म पुगे पनि त्यसपछि केही खस्कियो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब ६६ करोडको कारोबार भएकोमा आज १० अर्ब ५३ करोड रुपैयाँको भयो ।२२१ कम्पनीको मूल्य बढ्दा ४५ को घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.१६ प्रतिशत बढ्यो ।

    बैंकिङ १.३०, विकास बैंक १.५३, फाइनान्स १.२१, हाइड्रोपावर २.१४, लगानी ०.८९, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.६४, निर्जीवन बीमा ०.३९, अन्य ०.१० तथा व्यापार २.३३ प्रतिशत बढे ।

    ७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, सुपर खुदी हाइड्रोपावर, शिखर पावर र सिन्धु विकास बैंक छन् । त्यस्तै सोलु हाइड्रोपावरको ८.६३, नारायणी डेभलपमेन्ट बैंकको ५.५३ तथा ओरियन्टल होटलको मूल्य ५.१४ प्रतिशत बढ्यो ।

    रिलायन्स स्पिनिङ मिल्सको मूल्य सबैभन्दा धेरै ५.६१ प्रतिशत घट्यो । त्यस्तै उपकार लघुवित्तको ४.४४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र रिडी पावर छन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend