२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने


सञ्चार डबली
  • सोमबार, चैत २३ २०८२
  • 3.7K
    SHARES

  • images
    अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने

     

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले आफ्नो कारोबार तालिका परिवर्तन गरेको हो ।

    आईतबारको मन्त्रिपरिषद्को निर्णयअनुसार आइतबार सबै सरकारी कार्यालय बन्द रहने व्यवस्था लागू भएपछि नेप्सेले लगानीकर्ताको हित र बजारको सक्रियता कायम राख्न नयाँ तालिका लागू गरेको जनाएको हो । नेप्से सञ्चालक समितिको बैठकले सातामा पाँच दिन कारोबार सुनिश्चित गर्न शुक्रबार बजार खोल्ने निर्णय गरेको हो । अब आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित रूपमा कारोबार सञ्चालन हुनेछ ।

    यसअघि पनि सरकारले २०७९ सालमा शनिबार र आइतबार सार्वजनिक बिदा लागू गर्दा नेप्सेले शुक्रबार कारोबार सञ्चालन गरेको थियो । पछि आइतबारको बिदा हटेपछि नेप्से पुरानै तालिकामा फर्किएको थियो । नयाँ व्यवस्थाअनुसार अब शनिबार र आइतबार बजार बन्द रहनेछ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend