२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

नेप्सेमा उच्च अंकको गिरावट, दुई दिनमा ११९अंकले घट्यो


सञ्चार डबली
  • सोमबार, चैत १६ २०८२
  • 4.7K
    SHARES

  • images
    नेप्सेमा उच्च अंकको गिरावट, दुई दिनमा ११९अंकले घट्यो

    काठमाडौं– सेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन पनि उच्च अंकको गिरावट आएको बजारमा आज ४७.७१ अंकले घटेको हो ।

    यो सँगै नयाँ सरकार गठन भएपछिको दुई दिनमा नेप्सेले ११९ अंक गुमाएको छ । अघिल्लो दिन नेप्से ७१ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २८३१ अंकमा झरेको छ । नयाँ सरकार गठन हुनुअघि २ हजार ९५० अंकमा थियो ।

    आज सेयर बजारमा २३७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २६ कम्पनीको सेयर मूल्य आज बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ७.९० अंकले घटेर ४८१.५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ ।

    परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १५ अर्ब माथिको कारोबार भएको बजारमा आज १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३४१ कम्पनीका ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर १ लाख ५९ हजार ३२८ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो । 

    आज बजार घटे पनि ६ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend