२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो


सञ्चार डबली
  • सोमबार, चैत ९ २०८२
  • 3.8K
    SHARES

  • images
    नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो


    काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय नकारात्मक रहेको बजार अन्तिम समयमा सुधारिँदै ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको हो।

    यस दिन सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घट्दा फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले बढेका छन्। अघिल्ला दुई दिन उच्च वृद्धि भएको बजारमा सोमबार इन्ट्रा–डे करेक्सन देखिएको थियो।

    कारोबार रकम भने घटेको छ। आइतबार २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार १५ अर्ब ७८ करोड रुपैयाँमा सीमित भयो। कुल ३४२ स्टकको १ लाख ५६ हजारभन्दा बढी कारोबारबाट ३ करोड ८० लाख कित्ता शेयर किनबेच भएका छन्।

    यस दिन सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावर को शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र होटल फरेष्ट इन करिब १० प्रतिशतले बढ्दा फस्ट माइक्रोफाइनान्सको मूल्य पनि करिब ९ प्रतिशतले उकालो लागेको छ।

    कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहँदा शिवम् सिमेन्ट्स र नेशनल हाइड्रोपावर कम्पनी पनि उच्च कारोबार हुने सूचीमा परेका छन्।

    १३ उपसमूहमध्ये ७ उपसमूह बढ्दा ६ उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा बढी १.५३ प्रतिशतले बढेको छ भने जलविद्युत र म्युचुअल फण्ड उपसमूहमा पनि करिब १ प्रतिशतको वृद्धि देखिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend