२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सेयर बजार २८२४ अंकमा, कति भयो कारोबार ? 


सञ्चार डबली
  • आइतबार, चैत १ २०८२
  • 5.1K
    SHARES

  • सेयर बजार २८२४ अंकमा, कति भयो कारोबार ? 

    काठमाडौं । आइतबार सेयर बजार ४.४५ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २८२४ अंकमा कायम भएको छ । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । कारोबार रकम केही दिनयता नै उल्लेख्य छ । अघिल्लो दिन १४ अर्ब ५५ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३२ करोडको भयो ।

    १२४ कम्पनीको मूल्य बढ्दा १३० को घट्यो भने ९ को स्थिर रह्यो । आज व्यापार समूह सबैभन्दा धेरै २।८३ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.७४, फाइनान्स ०.२२, हाइड्रोपावर ०.०६, उत्पादन तथा प्रशोधन ०.१२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१६, अन्य ०.०३ प्रतिशत बढे ।

    लगानी ०.५४, होटल तथा पर्यटन ०.६२ र जीवन बीमा ०.४६ प्रतिशत घटे ।चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन छन् । सोलु हाइड्रोपावर आजैबाट दोस्रो बजारमा कारोबारमा आएको हो । ग्रिनलाइफ हाइडोपावरको ९.५३, अभियान लघुवित्तको ५.३१ प्रतिशत मूल्य बढ्यो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend