२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

आज पनि घट्यो सेयर बजारः कति भयो कारोबार ?


सञ्चार डबली
  • बुधबार, फागुन २७ २०८२
  • 10.8K
    SHARES

  • images
    आज पनि घट्यो सेयर बजारः कति भयो कारोबार ?

    काठमाडौं । बुधबार सेयर बजार ४६.७८ अंक घटेको छ । सो घटाइसँगै नेप्से परिसूचक २७९६ अंकमा झरेको छ । बजार खुलेको पहिलो एक घण्टा उतारचढाव देखिए पनि त्यसपछि निरन्तर ओरालोमा रह्यो ।

    यसअघि सोमबार बजारमा सकारात्मक सर्किट ब्रेक लागेर बढेको नेप्से २८७५ अंकमा पुगेको थियो । त्यसयताका दुई दिनमा बजार ७९ अंक घटेको छ ।

    आज ३४ कम्पनीको मूल्य बढ्दा २२५ को घट्यो भने ३ को स्थिर रह्यो । कारोबार रकम ३८ प्रतिशतले घटेको छ । अघिल्लो दिन २१ अर्ब ५० करोड रुपैयाँको कारोबार भएकोमा आज १३ अर्ब १८ करोडमा खुम्चियो ।

    व्यापार समूह सबैभन्दा धेरै ३.४ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ १.८२, विकास बैंक १.६१, फाइनान्स २.०८, होटल तथा पर्यटन १.५६, हाइड्रोपावर ०.७१, लगानी १.८७, जीवन बीमा १.९८, उत्पादन तथा प्रशोधन १.४३, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा ०.९७ र अन्य समूह १.८३ प्रतिशत घटे ।

    दुई कम्पनी साल्पा विकास बैंक र नेसनल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ९.३३, रिडी पावरको ५.७२ प्रतिशत मूल्य बढ्यो । कालिका पावरको मूल्य सबैभन्दा धेरै ८.४७ प्रतिशत घट्यो । पन्चकन्या माइ हाइड्रोपावरको ५.७७, थ्रीस्टार हाइड्रोपावरको ५.३७ तथा ट्रेड टावरको ४.४७ प्रतिशत मूल्य घट्यो ।

    आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप छन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend