२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द


सञ्चार डबली
  • सोमबार, फागुन २५ २०८२
  • 4.0K
    SHARES

  • शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

    काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुईतिहाइ बहुमत ल्याएपछि शेयर बजारमा अभूतपूर्व उत्साह देखिएको छ । स्थिर सरकार बन्ने र नीतिगत स्थिरता आउने अपेक्षासहित लगानीकर्ताले आक्रामक रूपमा शेयर किन्न थालेपछि सोमबार खुलेको बजारमा लगातार तीन सर्किट लागेको हो ।

    बजार खुलेको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढ्दै पहिलो सर्किट लाग्यो र २० मिनेटका लागि कारोबार स्थगित गरियो । त्यसपछि खुलेको बजारमा फेरि एक मिनेटमै नेप्से ५ प्रतिशत पुगेपछि दोस्रो सर्किट लाग्दै ४० मिनेटका लागि कारोबार रोकियो । पुनः खुलेको बजारमा अर्को एक मिनेटमै थप १ प्रतिशत बढेर कुल ६ प्रतिशत पुगेपछि तेस्रो सर्किट लाग्दै आजका लागि कारोबार बन्द गरिएको हो ।

    सोमबार नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ विन्दूमा पुगेको छ । २५३ कम्पनीको शेयर कारोबार भएको बजारमा करिब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    लगानीकर्ताहरूका अनुसार रास्वपाको स्थिर सरकार बन्ने अपेक्षा, शेयर बजार सुधारसम्बन्धी प्रतिबद्धता र सम्भावित आर्थिक सुधारका कारण बजारमा उत्साह बढेको हो । बजार विश्लेषकहरूले आजबाट सुरु भएको बुल ट्रेन्डले आगामी दिनमा नेप्सेले नयाँ रेकर्ड बनाउन सक्ने अनुमान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend