२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

आज २१.६२ अंक बढ्यो सेयर बजार, कारोबार भने ४ अर्ब २३ करोडमा सीमित


सञ्चार डबली
  • मंगलबार, फागुन १२ २०८२
  • 4.2K
    SHARES

  • images
    आज २१.६२ अंक बढ्यो सेयर बजार, कारोबार भने ४ अर्ब २३ करोडमा सीमित

    काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ८६ लाखको सेयर कारोबार भएको छ । आज २१३ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज एसवाई प्यालनको सर्वाधिक ३७ करोड ७२ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको २४ करोड ६९ लाख रुपैयाँ र तेस्रोमा राधी विद्युत्को १६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    यसदिन सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक १०  प्रतिशतका दरले कमाएका छन् । यस्तै, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले ९.३१ प्रतिशतका दरले कमाएका छन् । 

    नेपाल एसबीआई बैंकका लगानीकर्ताले आज सर्वाधिक ३.५८ प्रतिशतका दरले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend