२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सेयर बजार सूचक घटे पनि कारोबार रकमले छाडेन साथ


सञ्चार डबली
  • बिहीबार , माघ १५ २०८२
  • 3.1K
    SHARES

  • सेयर बजार सूचक घटे पनि कारोबार रकमले छाडेन साथ

    काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्सेमा कारोबार भएका १ सय ७० कम्पनीको सेयर मूल्य घटेपछि त्यसको असर समग्र बजार सूचकमा देखिएको हो ।

    बुधबार ५ अंकले बढेको नेप्से सूचक बिहीबार १७ अंक घटेको छ । तर, कारोबार रकममा भने बुधबारको तुलनामा सुधार आएको छ । यो साता नेप्सेमा १६ अर्बभन्दा धेरैको कारोबार भएको थियो । बुधबार ११ अर्बको कारोबार भएकोमा बिहीबार बढेर १४ पुगेको नेप्सेले जनाएको छ ।

    आगामी २१ फागुनको निर्वाचनका लागि खर्चको जोहो गर्न सेयर मूल्य घटेर पनि सेयर बिक्री गरेको अनुमान लगानीकर्ताहरूको छ । सेयर मूल्य घटे पनि कारोबार रकमका कारण सकारात्मक देखिने लगानीकर्ता बजार प्रवेश गर्ने आशामा छन् ।

    बिहीबार कारोबार सुरु हुँदा २७३१.५९ अंकमा रहेको नेप्से १७.५३ अंक घटेर २७१४.०५ बिन्दुमा झरेको छ । बिहीबार नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंक घटेको छ । यस दिन नेप्सेमा कारोबार भएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७० को घटेको छ ।

    त्यसैगरी ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । बिहीबार हिमालय दोलखा र शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । बिहीबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ६.५७, विकास बैंक १३१.८१, वित्त ४५.८३, होटल ९८.९४, जीवन बीमा ८४.०८, उत्पादनमूलक २००.७१, लघुवित्त ३०.२७, निर्जीवन बीमा ७६.८३, अन्य २७.४० र व्यापार ६.७१ अंक घटेका छन् ।

    तर जलविद्युत् १३.७७, लगानी ०.०५, सामूहिक लगानी कोष ०.०७ अंकले बढे पनि त्यसको प्रभाव समग्र बजार सूचकमा पर्न सकेन ।बिहीबार नेप्सेमा ३ सय २० कम्पनीको १ लाख ३८ हजार ८ सय ८३ कारोबारबाट १४ अर्ब ५६ करोड रुपैयाँ बराबर ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो । बुधबार नेप्सेमा ११ करोड बरारको सेयर किनबेच भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend