२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा


सञ्चार डबली
  • सोमबार, माघ १२ २०८२
  • 4.9K
    SHARES

  • images
    सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडौं- सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । 

    कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले आज आईपीओ बाँडफाँट गरेको हो ।

    कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका थिए । जुन मागभन्दा ३.८६ गुणाले बढी हो ।

    आईपीओमा ८ लाख २० हजारले १०।१० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकीको हात भने रित्तो भएको छ ।

    कम्पनीले ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो ।

    आईपीओको नतिजा सीडीएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/, बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङको वेबसाइट https://nabilinvest.com.np/ र मेरो सेयरको https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend