२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा पनि वृद्धि


सञ्चार डबली
  • आइतबार, माघ ११ २०८२
  • 4.3K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा पनि वृद्धि

    काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिकसम्मको अवधिमा ३० करोड रुपैयाँ नाफा कमाएको छ ।

    बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले गत आवको भन्दा ५४ प्रतिशतले नाफा बढाएको हो ।

    बैंकले चालू आवको पुस मसान्तसम्म ३० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आवको पुस मसान्तसम्म बैंकको यस्तो नाफा १९ करोड ६५ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ९१ करोड ८२ लाख रुपैयाँबाट १८.४९ प्रतिशतले बढेर १ अर्ब ८ करोड ८० लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी १ अर्ब ५ करोड २४ लाख रुपैयाँबाट बढेर १ अर्ब २५ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

    बैंकले गत आवको पुस मसान्तसम्म २८ करोड ३२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म सञ्चालन नाफा ५९.३३ प्रतिशतले बढेर ४५ करोड १३ लाख रुपैयाँ नाघेको छ ।

    त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ११.४६ रुपैयाँबाट बढेर १६.२१ रुपैयाँ पुगेको र खराब कर्जा (एनपीएल) ४.९९ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको वित्तीय विवरणले देखाएको छ। बैंकको प्रतिसेयर नेटवर्थ भने १५३.२४ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend