२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेप्से परिसूचकमा सामान्य वृद्धि, ७ अर्बको कारोबार


सञ्चार डबली
  • मंगलबार, असोज ६ २०८३
  • 825
    SHARES

  • images
    नेप्से परिसूचकमा सामान्य वृद्धि, ७ अर्बको कारोबार

    काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप्से परिसूचक ७.०६ अंकले बढेर २ हजार ६ सय ५४.२८ को बिन्दुमा पुगेको छ । मंगलबार कारोबारमा आएका १ सय ३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ३१ कम्पनीको सेयर मूल्य घटेको छ ।

    आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । शुक्रबार ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा स्नो रिभर्सका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको सेयर मूल्य ८.२३ प्रतिशतले घटेर ९ सय ७० रुपैयाँमा आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend