२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल बैंकका कर्मचारीहरूद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८४ लाखभन्दा बढी सहयोग


सञ्चार डबली
  • बिहीबार , असोज ८ २०८३
  • 1.0K
    SHARES

  • images
    नेपाल बैंकका कर्मचारीहरूद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८४ लाखभन्दा बढी सहयोग

    काठमाडौँ / रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल बैंक लिमिटेडका कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८४ लाख २० हजार ८९८ रुपैयाँ ९३ पैसा सहयोग गरेका छन्।

    नेपाल सरकारको २०८३ भदौ ११ गतेको सचिवस्तरीय बैठकको निर्णयअनुसार सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तलब तथा पारिश्रमिकबाट योगदान गर्न आह्वान गरिएको थियो।

    सोहीअनुसार नेपाल बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीको तलब तथा पारिश्रमिकबाट योगदानस्वरूप कट्टी गरी संकलन गरिएको रु. ८४ लाख २० हजार ८९८ रुपैयाँ ९३ पैसा असोज ६ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।

    यसअघि पनि बैंकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गरेको थियो। बैंकले दैनिक उपभोग्य खाद्य सामग्री तथा अन्य अत्यावश्यक सामान उपलब्ध गराउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट २०८३ भदौ ११ गते ३ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको थियो।

    बैंकका अनुसार बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि संस्थागत तथा कर्मचारीस्तरबाट सहयोग गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend