काठमाडौँ / प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशभर सात स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुक गरी ५२२ जनाले रक्तदान गरेका छन्।
बैंकले असोज ७ गते केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँसहित कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगञ्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। मानव जीवन रक्षाका लागि अत्यावश्यक रगत संकलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ५२२ जनाले रक्तदान गरेको बैंकले जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले रक्तदाता तथा प्राविधिकलाई धन्यवाद दिएका छन्। मानव जीवन रक्षाका लागि आवश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजना गरी सम्पन्न गर्न पाउँदा खुसी लागेको उनले बताए।
मानन्धरले बैंकले आगामी दिनमा पनि यस्ता विभिन्न सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।


