२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट


सञ्चार डबली
  • बुधबार, असोज ७ २०८३
  • 737
    SHARES

  • images
    नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

    काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घटेर २६ सय १८ दशमलव ०३ बिन्दुमा झरेर बन्द भएको छ ।

    नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ३ सय ५२ कम्पनीको २ करोड १६ लाख २२ हजार ७ सय २८ कित्ता सेयर ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छ ।

    मंगलबार ३ सय ५६ कम्पनीको २ करोड १५ लाख ८९ हजार ७ सय ६१ कित्ता सेयर ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    बुधबार कारोबारमा आएका १३ वटै उपसूचक राताम्य भएका छन् । जीवन बीमा उपसूचक सर्वाधिक २ दशमलव ०४ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर १ दशमलव ६६, अन्य १ दशमलव ६५, लगानी १ दशमलव ४९, विकास बैंक १ दशमलव ३६, निर्जीवन बीमा १ दशमलव ३२, माइक्रोफाइनान्स १ दशमलव ३१, व्यापार १ दशमलव २६, वाणिज्य बैंक १ दशमलव २२ र फाइनान्स उपसूचक १ दशमलव ०९ प्रतिशतले घटेको छ ।

    आज २ सय ५३ कम्पनीको सेयर मूल्य घट्दा २३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

    बुधबारको कारोबारमा धौलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend