२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

विजय लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुने


सञ्चार डबली
  • बुधबार, पुस ३० २०८२
  • 3.9K
    SHARES

  • विजय लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुने

    काठमाडौं- विजय लघुवित्त वित्तीय संस्थाको एफपीओमा यहि साता बाँडफाँट गर्ने तयारी भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी गरी रहेको हो ।

    एफपीओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन थिएका थिए । सिडिएसका अनुसार २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबरको २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँको आवेदन परेको हो ।

    एफपीओमा ४६ हजार ७८१ जनाले १०/१० कित्ताका दरले सेयर पाउनेछन् । सोहीमध्येका ७ जनाले भने थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् । साढे २२ लाखको हात भने रित्तो हुनेछ ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend