२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेप्सेमा सामान्य सुधार, कति भयो कारोबार ? 


सञ्चार डबली
  • मंगलबार, पुस २९ २०८२
  • 3.2K
    SHARES

  • नेप्सेमा सामान्य सुधार, कति भयो कारोबार ? 

     काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार सामान्य अङ्कले बढेर बन्द भएको छ । आज नेप्से सूचक ४.९० अङ्कले वृद्धि भई २६३९.९१ विन्दुमा पुगेको छ ।आज बजारमा ३४९ वटा कम्पनीका कुल ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा १ करोड ३६ लाख २४ कित्ता सेयर ७७ पटक किनबेच भएका छन् ।

    आज कारोबार भएका कम्पनीहरूमध्ये ११८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ वटा कम्पनीको मूल्य घटेको छ। ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको देखिन्छ ।

    आज थ्रिस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यस्तै दोर्दी खोला जलविद्युत ९.३८ प्रतिशत र सुपर मादी हाइड्रोपावर ९.०७ प्रतिशतले बढेका छन् । घट्ने कम्पनीहरूमा रसुवागढी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी ६.०९ प्रतिशतले ओरालो लागेको छ। त्यस्तै नारायणी विकास बैंक ४.४४ प्रतिशत र विन नेपाल लघुवित्त ३.७७ प्रतिशतले घटेका छन्।

    आज बजारमा हाइड्रोसहित सात समूहमा वृद्धि हुँदा बाँकी छ समूह घटेका छन् । हाइड्रो १.०२ प्रतिशत बढ्नु बाहेक अरू सबै समूहमा एक प्रतिशत भन्दा कमको उतारचढाव देखिएको छ ।

    कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो। यसको ५४ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसैगरी एसवाई प्यानलको ३४ करोड ८१ लाख र बुटवल पावर कम्पनी २८ करोड १३ लाख रुपैयाँको कारोबारका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend