२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

नेप्से र कारोबार रकम दुबै घट्यो


सञ्चार डबली
  • बुधबार, पुस २३ २०८२
  • 3.8K
    SHARES

  • images
    नेप्से र कारोबार रकम दुबै घट्यो

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३.३५ अंकले घटेर २,६३५ को विन्दुमा कायम भएको छ । 

    आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२३ वटा कम्पनीको १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोडको शेयर कारोबार भएको छ । 

    त्यस्तै बैंकिङ ०.२४, विकास बैंक ०.८४, होटल तथा पर्यटन १.४२, हाइड्रोपावर ०.७९, लगानी ०.५४, जीवन बीमा ०.०७, उत्पादन तथा प्रशोधन १.१६, माइक्रोफाइनान्स ०.४, निर्जीवन बीमा ०.६० तथा अन्य समूह ०.५३ प्रतिशत घटेको छ ।

    एसवाई प्यानलको मूल्य सबैभन्दा धेरै ८.४५ प्रतिशत घटेको छ । जीवन विकास लघुवित्तको ६.५९, विन नेपाल लघुवित्तको ५.५३, ट्रेड टावरको ४.६४, दरामखोला हाइड्रोपावरको ४.१३ प्रतिशत मूल्य घटेको छ।

    आज सबैभन्दा धेरै एसवाई प्यानलको २६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको २० करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    23.JPG

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend