२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

नेप्सेमा ४७.५५ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ५३ करोड


सञ्चार डबली
  • आइतबार, पुस १३ २०८२
  • 4.6K
    SHARES

  • images
    नेप्सेमा ४७.५५ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ५३ करोड

    काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड १३ लाखको सेयर कारोबार भएको छ । आज २३८ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको सेयर मूल्य घटेको छ ।

    Capture

    आज युनियन हाइड्रोपावरको सर्वाधिक २७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा मञ्जुश्री फाइनान्सको २४ करोड ८९ लाख रुपैयाँ र तेस्रोमा सिनर्जी पावरको २२ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    यसदिन मिड सोलु हाइड्रोका लगानीकर्ताले सर्वाधिक ९.४९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, जोशी हाइड्रोपावरका लगानीकर्ताले ६.९७ प्रतिशतका दरले कमाएका छन् ।

    विन नेपाल लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend