काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र पशुपति भेन्चर लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा पशुपति भेन्चर लिमिटेडका तर्फबाट सञ्चालक दिनेशप्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले पशुपति भेन्चर लिमिटेडको सार्वजनिक निष्कासनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

