२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

सामान्य अंकले घट्यो नेप्से, कारोबार रु. ५ अर्ब ३३ करोड


सञ्चार डबली
  • आइतबार, मंसिर २१ २०८२
  • 4.1K
    SHARES

  • images
    सामान्य अंकले घट्यो नेप्से, कारोबार रु. ५ अर्ब ३३ करोड

    २१ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २३.५० अंक घटेको छ । योसहित लगातार पाँच कारोबार दिन बजार घटेको छ ।

    आजको कारोबारपछि नेप्से २६०७ अंकमा कायम भएको छ । कारोबार सुरु हुँदा बढ्ने संकेत दिँदै ११ : ०९ बजे २६३६ अंकमा पुगेको बजार त्यसपछि निरन्तर ओरालोमा रह्यो ।

    ४६ कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो भने ८ को स्थिर रह्यो । कारोबार रकम १० करोड बढेको छ । अघिल्लो दिन ५ अर्ब २३ करोडको कारोबार भएकोमा पनि ५ अर्ब ३३ करोडको भयो ।

    बैंकिङ ०.६०, विकास बैंक ०.९३, फाइनान्स १.००, होटल तथा पर्यटन १.२०, जलविद्युत् १.२२, लगानी ०.८९, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९३, अन्य ०.१२ तथा व्यापार १.२१ प्रतिशत घटे ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend