काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य ०.५३ अंकले ओरालो लाग्दै २,६४४.७० अंकमा बन्द भएको छ।
आज ३२४ कम्पनीका कुल १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर कारोबार हुँदा रु. ४ अर्ब ४८ करोडभन्दा बढीको कारोबार भएको छ। मूल्यवृद्धि हुने कम्पनीको संख्या १२५ रहेकोमा मूल्य घट्ने कम्पनी ११९ वटा रहे भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर सबैभन्दा अगाडि रह्यो, जसको रु. ३१ करोड ८१ लाखको सेयर किनबेच भयो। दोस्रो स्थानमा माउन्टेन इनर्जी नेपाल (रु. २२ करोड ९४ लाख) र तेस्रो स्थानमा ङादी ग्रुप पावर (रु. १६ करोड १६ लाख) रहे।
दैनिक १० प्रतिशतको उच्चतम सर्किट ब्रेक गर्ने कम्पनीहरूमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माथिल्लो माईलुङ इनर्जी, बुङ्गल हाइड्रो र श्रीनगर एग्रीटेक रहे। यसको विपरीत ग्रीन भेन्चर्सका लगानीकर्ताले आज सबैभन्दा बढी ९.८६ प्रतिशत गुमाएका छन्।

समग्रमा बजारमा सामान्य सुस्तता देखिए पनि कारोबार रकम भने सन्तोषजनक स्तरमा कायम रहेको छ।

