२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

दुई जलविद्युत् कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


सञ्चार डबली
  • मंगलबार, मंसिर १६ २०८२
  • 4.2K
    SHARES

  • images
    दुई जलविद्युत् कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत दुई जलविद्युत् कम्पनी सुपर मादी हाइड्रोपावर लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन आज अन्तिम अवसर रहेको छ। दुवै कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि भोलि मंसिर १७ गते सेयर दर्ता किताब बन्द (बुक क्लोज) गर्दैछन्। त्यसैले आज नेप्सेमा कारोबार भई सेयरधनी कायम भएकाहरू मात्र लाभांशका लागि योग्य हुनेछन्।

    सुपर मादी हाइड्रोपावरले आर्थिक वर्ष २०८१/८२ का लागि चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसलाई पारित गर्न पुस ४ गते बिहान ११ बजे काठमाण्डौको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा १६औं वार्षिक साधारण सभा बोलाइएको छ। त्यसैगरी माउन्टेन इनर्जी नेपालले पनि गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ र यो प्रस्ताव मंसिर २९ गते आयोजना हुने साधारण सभाबाट अनुमोदन गराई वितरण गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend