२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सेयर बजारमा गिरावट, ४ अर्ब ७१ करोड माथिको कारोबार


सञ्चार डबली
  • सोमबार, मंसिर १५ २०८२
  • 3.0K
    SHARES

  • सेयर बजारमा गिरावट, ४ अर्ब ७१ करोड माथिको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ को विन्दुमा कायम भएको छ ।

    आज दिनभरिमा ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड माथिको सेयर कारोबार भएको छ । आज १२४ कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    Capture

    आज युनाइटेड मोदीको सर्वाधिक २७ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको १५ करोड ३८ लाख रुपैयाँ र तेस्रोमा बन्दीपुर केबलकारको १४ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    यसदिन सागर डिष्टिलरी र स्वास्तिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, झापा इनर्जी र श्रीनगर एग्रीटेकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । 

    निफ्रा ग्रीन इनर्जी डिबेन्चर ६ % का इकाईधनीले आज सर्वाधिक ९.५१ प्रतिशतका दरले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend