२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

नेप्से परिसूचक ५.३२ अङ्कले उकालो, ५ अर्ब ८२ करोडमाथिको कारोबार


सञ्चार डबली
  • मंगलबार, मंसिर ९ २०८२
  • 3.1K
    SHARES

  • images
    नेप्से परिसूचक ५.३२ अङ्कले उकालो, ५ अर्ब ८२ करोडमाथिको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ को विन्दुमा कायम भएको छ । 

    आज दिनभरिमा ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको छ । आज १२२ कम्पनीको सेयर मूल्य बढ्दा १२५ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

    Capture

    आज बन्दीपुर केबलकारको सर्वाधिक २६ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको २४ करोड ४ लाख रुपैयाँ र तेस्रोमा ङादी ग्रुप पावरको २० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

    यसदिन झापा इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सागर डिष्टिलरीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने श्रीनगर एग्रीटेकका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । 

    जोशी हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ४.९६ प्रतिशतका दरले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend