२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेप्से परिसूचक ४७.२२ अङ्कले उकालो, ७ अर्ब ३ करोडमाथिको कारोबार


सञ्चार डबली
  • सोमबार, मंसिर ८ २०८२
  • 2.9K
    SHARES

  • नेप्से परिसूचक ४७.२२ अङ्कले उकालो, ७ अर्ब ३ करोडमाथिको कारोबार

    काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४७.२२ अंकले बढेर २६४७.४४ को विन्दुमा कायम भएको छ । 

    आज दिनभरिमा ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड माथिको सेयर कारोबार भएको छ । आज २१५ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    Capture

    आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २४ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बीमाको २४ करोड ४३ लाख रुपैयाँ र तेस्रोमा हिमालयन रिइन्स्योरेन्सको २० करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    यसदिन झापा इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सागर डिष्टिलरी, बन्दीपुर केबलकार र स्वस्तिक लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

    माबिलुङ इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ४ प्रतिशतका दरले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend