२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेप्सेमा ४.९८ अंकको गिरावट, आठ कम्पनीको सेयर मूल्यमा ‘सर्किट’


सञ्चार डबली
  • बुधबार, मंसिर ३ २०८२
  • 5.2K
    SHARES

  • नेप्सेमा ४.९८ अंकको गिरावट, आठ कम्पनीको सेयर मूल्यमा ‘सर्किट’

    काठमाडौं । सेयर बजार बुधबार (मंसिर ३) ४.९८ अंकले घटेको छ । यससँगै बजार मापक विन्दु २५६१.०८ मा कायम छ ।

    यसदिन ७७ कम्पनीको सेयर मूल्य बढेको छ । १७० कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनी स्थिर रहे । तीन अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँबराबरकाे सेयर खरिद बिक्री भएको हो ।

    बजार घटे पनि आठ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । माबिलुङ इनर्जी, दरमखोला हाइड्रो, सागर डिस्ट्रिलरी, हिमस्टार ऊर्जा, बुंगल हाइड्रोपावर, सान्भी इनर्जी, बन्दीपुर केवलकार, झापा इनर्जीको सेयर १० प्रतिशत बढेका छन् ।

    समूहगततर्फ होटेल एन्ड टुरिजम, म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ, म्युचअल फन्ड तथा व्यापार समूहको सेयर मूल्य बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend