२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

आज ५.१७ अंकले घट्यो सेयर बजार, कति भयो कारोबार ?


सञ्चार डबली
  • बुधबार, कात्तिक १२ २०८२
  • 5.8K
    SHARES

  • images
    आज ५.१७ अंकले घट्यो सेयर बजार, कति भयो कारोबार ?

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । बुधबार बजार परिसूचक ५.१७ अंकले घटेको हो । योसँगै परिसूचक २५६६.१६ विन्दुमा पुगेको छ । बजारमा आज ५ अर्ब ४५ करोडको कारोबार भएको छ ।

    बजारमा आज ८५ कम्पनीको मूल्य बढेको छ । १५९ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ । 
    बजारमा आज चार समूहका सूचक बढ्दा बाँकी ९ समूह घटेका छन् । सबैभन्दा धेरै होटल र ट्रेडिङ क्षेत्र २ प्रतिशत भन्दा धेरैले बढ्दा अन्य समूहमा सबैभन्दा धेरै गिरावट देखिएको हो । 

    बजारमा आज खानीखोला जलविद्युतको मूल्य १० प्रतिशत र उपकार लघुवित्त र मानुषी लघुवित्तको ९.९० प्रतिशत भन्दा धेरैले बढेको छ । ज्योति विकास बैंकको डिवेञ्चर ५.६६ प्रतिशत सहित सबैभन्दा धेरै घट्ने स्क्रिप बनेको छ । 

    कारोबारका आधारमा युनियन हाइड्रोपावर, एनआरएन इन्फास्ट्रक्चर, बुटवल पावर कम्पनी र राधी जलविद्युत् अगाडि छन् । यी प्रत्येकको कारोबार २० करोडभन्दा माथि छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend