२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

नेप्सेमा १६.६७ अंकको वृद्धि, कारोबार भने २ अर्ब ७९ करोडमा सीमित


सञ्चार डबली
  • आइतबार, कात्तिक २ २०८२
  • 5.1K
    SHARES

  • images
    नेप्सेमा १६.६७ अंकको वृद्धि, कारोबार भने २ अर्ब ७९ करोडमा सीमित

    काठमाडौं- तिहार अघिको अन्तिम कारोबार दिन आइतबार सेयर बजार नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ को विन्दुमा कायम भएको छ ।

    नेप्सेमा यसदिन ३२३ कम्पनीको ६१ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोडको सेयर कारोबार भएको छ । आज १६३ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको सेयर मूल्य घटेको छ ।

    Capture

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २८ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन डिष्टिरीको २५ करोड ३६ लाख रुपैयाँ र तेस्रोमा यूनियन हाइड्रोपावरको १६ करोड ९७ लाखको सेयर कारोबार भएको छ ।

    यसदिन आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, हिमालयन पावर पाटर्नरका लगानीकर्ताले ९.८९ प्रतिशत र भगवती हाइड्रोका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले कमाएका छन् ।

    हिमालयन ८०–२० का इकाईधनीले आज सर्वाधिक ६ प्रतिशतका दरले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend