२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

नेप्सेमा ४५.३६ अंकको गिरावट, कारोबार ५ अर्ब ७६ करोडमा सीमित


सञ्चार डबली
  • बुधबार, असोज २२ २०८२
  • 4.6K
    SHARES

  • images
    नेप्सेमा ४५.३६ अंकको गिरावट, कारोबार ५ अर्ब ७६ करोडमा सीमित

    काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधबार सेयर बजार नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ को विन्दुमा कायम भएको छ ।

    नेप्से यसदिन ३३५ कम्पनीको १ करोड ३७ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड माथिको सेयर कारोबार भएको छ ।

    आज सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ का इकाईधनीले सर्वाधिक ७ प्रतिशतका दरले कमाएका छन् । एनआइएमबि डिबेञ्चर २०९० का इकाईधनीले ६.४८ प्रतिशत र आत्मानिर्भर लघ’वित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । प्रभु इन्स्योरेन्सका लगानीकर्ताले आज सर्वाधिक ६ प्रतिशतका दरले गुमाएका छन् ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २६ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा यूनियन हाइड्रोपावरको २४ करोड ४९ लाख रुपैयाँ र तेस्रोमा सिनर्जी पावर डेभलपमेन्टको २२ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    यसदिन नेप्सेमा कारोबार भएकामध्ये १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३२ कम्पनीको सेयर मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend