२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

महालक्ष्मी विकास बैंकका १०२ शाखा सञ्चालनमा, डिजिटल सेवा सुरक्षित


सञ्चार डबली
  • आइतबार, भदौ २९ २०८२
  • 4.0K
    SHARES

  • महालक्ष्मी विकास बैंकका १०२ शाखा सञ्चालनमा, डिजिटल सेवा सुरक्षित

    काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना १०२ वटा शाखा कार्यालय पूर्ण रुपमा सञ्चालनमा आएको जनाएको छ। साथै, बैंकका सम्पूर्ण डिजिटल सेवा पनि सुरक्षित रुपमा सञ्चालन भइरहेका छन्।

    हालैका विषम घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बैंकले सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति पनि गहिरो संवेदना प्रकट गरेको छ।

    बैंकको पोखरा लेकसाइड शाखा भवन पूर्ण रुपमा क्षतिग्रस्त भएकाले त्यहाँका सेवा नजिकैका शाखामार्फत उपलब्ध गराइने जनाएको छ। मुलुकमा सुरु भएको सरकार गठन प्रक्रियाले असामान्य अवस्था चाँडै सामान्य भई शान्ति, सुशासन र आर्थिक स्थायीत्व कायम हुने विश्वास बैंकले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend