२०८३, कात्तिक ९ गते

images
Logo

Oct 25 2026 | २०८३, कात्तिक ९ गते

images
  • आइतबार, कात्तिक ९ २०८३

माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच सम्झौता, विदेशबाट पठाएको रकम नेपालमा सहजै पाइने


सञ्चार डबली
  • बुधबार, कात्तिक ५ २०८३
  • 4.1K
    SHARES

  • images
    माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच सम्झौता, विदेशबाट पठाएको रकम नेपालमा सहजै पाइने

    काठमाडौँ / विदेशबाट नेपालमा रेमिट्यान्स भित्र्याउने प्रक्रियालाई सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेड र सीजी ग्रुपद्वारा प्रवर्द्धित युनाइटेड रेमिटबीच औपचारिक सम्झौता भएको छ ।

    सम्झौताअनुसार युके, जापान, दक्षिण कोरियालगायत विश्वका विभिन्न देशबाट मनीग्राम र टीएमएल रेमिट्यान्समार्फत नेपालमा रकम पठाउन सकिनेछ । 

    विदेशमा रहेका युनाइटेड रेमिटका प्रतिनिधि कार्यालयमार्फत नेपाल पठाइएको रकम माछापुच्छ्रे बैंकका १५६ वटा शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेन्सन काउन्टरमार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    सम्झौतापत्रमा युनाइटेड रेमिटका तर्फबाट सहायक महाप्रबन्धक सुदन सिंह सिलवाल र माछापुच्छ्रे बैंकका तर्फबाट डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गरेका छन् ।

    स्थापनाकालदेखि नै नयाँ प्रविधिमा आधारित सेवा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले देशभर १५६ वटा शाखा, ८८ वटा शाखारहित बैंकिङ सेवा र ११ वटा एक्सटेन्सन काउन्टर गरी कुल २५५ स्थानबाट सेवा दिँदै आएको छ ।

    बैंकले १९४ वटा एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक प्रविधिसहितका बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend