२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

हुवावे पार्टनर सेरेस ग्रुप २०२४ मा नाफामा फर्कियो, गिगाफ्याक्ट्री खरिदका लागि स्टक एक्सचेन्जबाट स्वीकृति प्राप्त


सञ्चार डबली
  • आइतबार, जेठ ४ २०८२
  • 6.9K
    SHARES

  • images
    हुवावे पार्टनर सेरेस ग्रुप २०२४ मा नाफामा फर्कियो, गिगाफ्याक्ट्री खरिदका लागि स्टक एक्सचेन्जबाट स्वीकृति प्राप्त

    आइतवार, जेठ ४ २०८२

    काठमाडौं । हुवावे टेक्नोलोजिजसँगको सहकार्यमा विद्युतीय सवारीसाधन (EV) निर्माण गर्दै आएको सेरेस ग्रुप सन् २०२४ मा पुनः नाफामा फर्किएको छ। उत्कृष्ट सवारी बिक्रीको कारण कम्पनीले महत्वपूर्ण वित्तीय सुधार गर्दै सन् २०२४ डिसेम्बर ३१ मा सम्पन्न आर्थिक वर्षका लागि अनुमानित ५.५ देखि ६ अर्ब चिनियाँ युआन (७५६–८२५ मिलियन अमेरिकी डलर) बराबरको नाफा आर्जन गर्ने अनुमान गरेको छ। यो अघिल्लो वर्षको २.४५ अर्ब युआन बराबरको घाटासँग तुलना गर्दा उल्लेखनीय सुधार हो।

    कम्पनीले यो सफलताको श्रेय हुवावेका प्रविधीय सहयोगमा विकसित Seres AITO ब्रान्ड अन्तर्गतका न्यू इनर्जी भेहिकल (NEV) को बृद्धिमान बिक्रीलाई दिएको छ। कम्पनीको मुख्यालय चोंगकिङमा रहेको छ। २०२४ मा सेरेसको कुल सवारी बिक्री ९७ प्रतिशतले वृद्धि भई ४,९७,००० युनिटमा पुगेको छ, जसमा AITO ब्रान्डका मात्र ४,२६,९०० युनिट बिक्री भएका छन्—झण्डै तीनगुणा वृद्धिसहित।

    यसैबीच, कम्पनीले नोभेम्बरमा प्रस्ताव गरेको लंगशेंग न्यू इनर्जी टेक्नोलोजी को अधिग्रहणका लागि स्टक एक्सचेन्जबाट स्वीकृति प्राप्त गरेको जनाएको छ। ८.१७ अर्ब चिनियाँ युआन (१.१२ अर्ब अमेरिकी डलर) बराबरको सेयर बिक्री योजना अन्तर्गत सेरेसले गिगाफ्याक्ट्रीको पूर्ण स्वामित्व लिन लागेको हो।

    हाल भाडामा सञ्चालन भइरहेको यस गिगाफ्याक्ट्रीमा ३,००० भन्दा बढी रोबोटहरूले स्वचालित रूपमा AITO सिरिजको सवारी निर्माण गरिरहेका छन्। १०० प्रतिशत अटोमेसन भएको यो उत्पादन प्रणालीले उत्पादन स्थायित्व, गुणस्तर नियन्त्रण र लागत व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउने कम्पनीको विश्वास छ।

    चोंगकिङ लियाङजियाङ न्यू एरियामा अवस्थित लंगशेंग न्यू इनर्जी तीन प्रमुख सरकारी लगानी संस्थाहरू – चोंगकिङ इन्डस्ट्री इन्भेस्टमेन्ट फण्ड, लियाङजियाङ न्यू एरिया डिभेलपमेन्ट एन्ड इन्भेस्टमेन्ट ग्रुप, र लियाङजियाङ न्यू एरिया इन्डस्ट्री डिभेलपमेन्ट ग्रुप – द्वारा सञ्चालित छ। अधिग्रहण सम्झौता सम्पन्न हुन चीनको सेक्युरिटिज रेगुलेटरी कमिसन (CSRC)  बाट अन्तिम स्वीकृति आउन बाँकी छ।

    आजको दिनमा सेरेस [SHA: 601127] को सेयर मूल्य ५.१ प्रतिशतले घटेर १३१.९० चिनियाँ युआन (१८.१६ अमेरिकी डलर) मा बन्द भएको छ, यद्यपि पछिल्लो १२ महिनामा यसको सेयर मूल्यमा झण्डै १७ प्रतिशतले वृद्धि भएको छ।

    सेरेस ग्रुपको विस्तार योजना

    सिलिकन भ्यालीमा स्थापना भएको सेरेस ग्रुप हाल ७० भन्दा बढी देशमा आफ्नो व्यावसायिक उपस्थिति कायम गरिसकेको छ। अमेरिका, चीन, इन्डोनेसिया, जर्मनी र जापानमा कम्पनीले ६ वटा अत्याधुनिक उत्पादन केन्द्र र ७ वटा अनुसन्धान तथा विकास केन्द्र सञ्चालनमा ल्याएको छ। सन् २०२५ को पहिलो त्रैमासिकमा कम्पनीले १०० मिलियन डलरभन्दा बढी नाफा कमाउने लक्ष्य लिएको छ।

    सेरेसले सन् २०२६ भित्र नेपालमा आफ्नो इलेक्ट्रिक सवारी मोडेलहरू M7, M8 र M9 सार्वजनिक गर्ने योजना समेत अघि सारेको छ। कम्पनीको दीर्घकालीन रणनीति चीन बाहिरका बजारमा पनि आफ्नो नेतृत्व विस्तार गर्नु रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend