२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

कोरोनाबाट थप एक जनाको मृत्यु, १२१ जनामा संक्रमण


सञ्चार डबली
  • बुधबार, चैत २९ २०७९
  • 9.2K
    SHARES

  • कोरोनाबाट थप एक जनाको मृत्यु, १२१ जनामा संक्रमण


    काठमाडौं, चैत २९ गते ।  पछिल्लो २४ घण्टामा कोरोनाभाइरस  संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको हो।

    यसअघि मंगलबार पनि एक जनाको मृत्यु भएको थियो । बुधबार एक जना संक्रमितले ज्यान गुमाएसँगै मृतकको संख्या १२ हजार २२ पुगेको छ । पछिल्लो २४ घन्टामा १२१ जनाको कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

     मन्त्रालयका अनुसार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ जना र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ। पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
     


  • सम्बन्धित विषय:

  • # कोरोना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend