२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रणवीर र दीपिका  ‘सिंघम अगेन’ पछि अभिनयबाट ब्रेक लिँदै 


सञ्चार डबली
  • बिहीबार , चैत २२ २०८०
  • 10.6K
    SHARES

  • images
    रणवीर र दीपिका  ‘सिंघम अगेन’ पछि अभिनयबाट ब्रेक लिँदै 


    काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण चाँडै बाबुआमा बन्दैछन् । केही समयअघि यो जोडीले सामाजिक सञ्जालमार्फत आफूहरु बाबुआमा बन्न लागेको जानकारी दिएका थिए ।अब यो जोडी सन्तान जन्मिएपछि अभिनयबाट केही समयका लागि ब्रेक लिने तयारीमा छन् । दीपिकाले ‘सिंघम अगेन’को आफ्नो हिस्साको सुटिङ पुरा गरेपछि केही समयका लागि ब्रेक लिने तयारीमा छिन । उनको तयारीमा रणवीरले साथ दिने निर्णय लिएका छन् ।

    दीपिका र रणवीर आफ्नो सन्तानसँग सम्झनलायक समय बिताउन चाहन्छन् । त्यसकारण पनि केही समयका लागि ब्रेक लिने निर्णय लिएका हुन् । दीपिकाले ‘सिंघम अगेन’ पछि कुनै फिल्म साइन गरेकी छैनन् ।

    गत मंगलबार दुवैले मुम्बईको एक स्टुडियोमा ‘सिंघम अगेन’को सुटिङ गरेका थिए । यो फिल्ममा दीपिकाले प्रहरी अधिकृत शक्ति शेट्टीको भूमिका निभाउँदैछिन् । फिल्ममा दीपिकाको चरित्र देखाइएको फस्टलुक सार्वजनिक भइसकेको छ ।

    रोहिट शेट्टीको कप युनिभर्स ‘सिंघम अगेन’मा दीपिका र रणवीरका अलावा करीना कपूर, अक्षय कुमार, अर्जुन कपूर, टाइगर श्राफ र अजय देवगनको अभिनय छ । फिल्म यही अगष्ट १५ मा रिलिज हुँदैछ ।फिल्मको फाइनल शेड्यूल मुम्बईमा खिचिनेछ । जहाँ एक ठूलो सेट निर्माण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend