२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

दोस्रो बच्चाको आमाबुबा बने दीपिका र रणवीर


सञ्चार डबली
  • आइतबार, असोज ४ २०८३
  • 1.6K
    SHARES

  • images
    दोस्रो बच्चाको आमाबुबा बने दीपिका र रणवीर

    बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह दोस्रोपटक आमाबुबा बनेका छन् । दीपिकाले दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् ।

    दम्पतीले सामाजिक सञ्जालमा नवजात छोरीको खुट्टाको छापको तस्बिर सार्वजनिक गर्दै खुसीको खबर दिएका हुन् ।

    दीपिका र रणवीरले गत अप्रिल १९ मा दोस्रो सन्तानको आगमनको घोषणा गरेका थिए । उनीहरूले सामाजिक सञ्जालमा पहिलो छोरी दुआको तस्बिर सार्वजनिक गरेका थिए ।

    दीपिका र रणवीरले सन् २०२४ सेप्टेम्बर ८ मा पहिलो सन्तानका रूपमा छोरी दुआ जन्मिएको जानकारी दिएका थिए ।

    दीपिका र रणवीरको प्रेमसम्बन्ध सन् २०१३ मा चलचित्र ‘गोलियों की रासलीला राम-लीला’को छायांकनका क्रममा सुरु भएको थियो । लामो समय प्रेमसम्बन्धमा रहेपछि उनीहरूले सन् २०१८ मा इटालीमा विवाह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend