२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

मदन पुरस्कार वीणा जोशीलाई, जगदम्बाश्री खरेललाई


सञ्चार डबली
  • आइतबार, भदौ २१ २०८३
  • 1.5K
    SHARES

  • images
    मदन पुरस्कार वीणा जोशीलाई, जगदम्बाश्री खरेललाई

    काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख) का लागि लेखक वीणा जोशी (राजभण्डारी) लाई दिने भएको छ ।

    सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

    मदन पुरस्कार विसं २०१२ मा स्थापित प्रतिष्ठित साहित्यिक पुरस्कार मानिन्छ । सो पुरस्कार मूल्याङ्कनका लागि विभिन्न विधाका २९८ पुस्तक आवेदनमा परेकामा गुठीले १० कृतिको मनोनयन सार्वजनिक गरेको थियो ।

    पुरस्कारका लागि अल्पसूचीमा परेका अन्य कृति र लेखकमा अज्ञान (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), उत्कर्ष (ललित विष्ट), नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको सिमानाको इतिहास (रोशनकुमार झा), परिधि (उमा सुवेदी) महायुग (सीमा आभास) सलह (श्रवण मुकारुङ), स्वप्नस्पर्श (डा नवराज केसी), हिउँद (नदीशा) रहेको गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    त्यस्तै छ दशकदेखि गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई जगदम्बा श्री पुरस्कार दिइने भएको छ । उक्त पुरस्कार गुठीले विसं २०४५ देखि प्रदान गर्न थालेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend