२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

राजनीतिमा आउने  बलिउड अभिनेत्री सारा अली खानको संकेत


सञ्चार डबली
  • बिहीबार , चैत १५ २०८०
  • 9.1K
    SHARES

  • images
    राजनीतिमा आउने  बलिउड अभिनेत्री सारा अली खानको संकेत


    काठमाडौं ।  बलिउड अभिनेत्री कंगना रनावत आफ्नो दमदार अभिनयले बलिउडमा नाम कमाइन् । यी अभिनेत्री प्रायः राजनीतिक मुद्दामा आफ्नो भनाइ राख्दै चर्चामा आउँछिन् । उनलाई बीजेपीले लोकसभा चुनाव २०२४ मा हिमाञ्चल प्रदेशको मण्डी सिटबाट टिकट दिइसकेको छ । यही बेला अर्की अभिनेत्री सारा अली खानले पनि राजनीतिमा आउने कुराको संकेत दिएकी छन् ।

    हालैको एक अन्तरवार्तामा उनले राजनीतिमा आउने कुरालाई नकार्न नसकेको कुरा बताएकी छन् । उनलाई ‘के उनी भविष्यमा राजनीतिमा आबद्ध हुन्छिन् रु’ भनी नेटफ्लिक्स इण्डियाले सोधेको प्रश्नमा उनले सकारात्मक जवाफ दिएकी छन् ।‘हो म भविष्यमा राजनीतिमा पाइला चाल्नका लागि सोच्न सक्छु,’ उनले भनेकी छन् । 

    साराले राजनीतिमा आउने चाहना राखेको यो पहिलोपटक होइन । उनले सन् २०१९ मा एक अन्तरवार्तामा पनि भविष्यमा राजनीतिको चासो बारे आफ्ना धारणा सार्वजनिक गरेकी थिइन् ।‘मसँग इतिहास र राजनीति शास्त्रको डिग्री छ । त्यसकारण म जुनसुकै समयमा राजनीतिमा प्रवेश गर्न सक्छु । यो मेरा लागि ब्याकअप विकल्प हुने छैन । उद्योगमा जबसम्म काममा सक्रिय हुन्छु, त्यही समयसम्म अभिनय नै रहन्छ । तर समय आउनासाथ राजनीतिलाई पनि साथमै लानेछु’, उनले भनेकी छन् ।

    हालैमात्र सारा अभिनित ‘मर्डर मुबारक’ र ‘ऐ मेरे वतन के लोगो’ ओटीटीमा रिलिज भएको थियो । फ्यानले उनको अभिनयलाई निकै मनपराए । फिल्म ‘ऐ वतन मेरे वतन’मा स्वतन्त्रता सेनानी उषा मेहताको भूमिका निभाएकी थिइन् । उनी यतिबेला अनुराग बासुको फिल्म ‘मेट्रो’मा काम गरिरहेकी छन् । फिल्म सेप्टेम्बर १३ मा रिलिज हुनेछ । यसबाहेक उनी जगन शक्तिको फिल्ममा पनि काम गर्दैछिन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend