२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

म्यानचेस्टरका खेलाडी माथी लागेको बलात्कारको मुद्दामा सुनवाइ हुँदै


सञ्चार डबली
  • बिहीबार , चैत ८ २०८०
  • 11.6K
    SHARES

  • images
    म्यानचेस्टरका खेलाडी माथी लागेको बलात्कारको मुद्दामा सुनवाइ हुँदै


    काठमाडौं । ब्राजिलको न्याय प्रणालीले म्यानचेस्टर सिटी र रियल म्याड्रिडका पूर्व स्ट्राइकर रोबिन्होलाई दक्षिण अमेरिकी देशमा इटालियन अदालतले सुनाएको ९ वर्षको बलात्कारको सजाय सुनाउने कि नसुनाउने निर्णय गर्ने भएको छ ।
     
    ब्राजिलको सुपीरियर कोर्ट अफ जस्टिसले २०१७ मा लगाइएको र २०२२ मा अनुमोदन गरेको जेल सजाय स्वीकृत गर्न इटालियन अनुरोधको जाँच गर्ने भएको हो । ‘मलाई आशा छ कि यहाँ ब्राजिलमा मैले त्यो आवाज पाउन सक्छु, जुन मसँग थिएन,’ रोबिन्होले आफ्नो निर्दोषताका बारेमा ब्राजिलियन नेटवर्क टिभीसँग कुराकानीको क्रममा भनेका थिए ।

     सन २०१३ मा मिलानको एक नाइटक्लबमा उनको २३ औं जन्मदिन मनाइरहेकी एक युवती अल्बेनियाली महिलालाई सामूहिक बलात्कार गर्ने ६ जना पुरुषको समूहमा परेकोमा दोषी ठहरिएका थिए ।

    ब्राजिलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी रोबिन्हो त्यतिबेला एसी मिलानबाट आफ्नो फुटबल खेलिरहेका थिए। सोही अभियोगमा इटालीको सर्वोच्च अदालतले उनको सजायँ कायम राख्यो र इटालियन अभियोजकहरूले उनलाइ अन्तर्राष्ट्रिय गिरफ्तारीका लागि वारेन्ट जारी गरेका थिए ।

     यद्यपि ब्राजिलले आफ्ना नागरिकहरूलाई सुपुर्दगी गर्दै रोबिन्होलाइ इटालीको सट्टा आफ्नो देशमा सजाय भोग्न आग्रह गरिएको थियो । जसको फैसाला ब्राजिलमा हुँदैछ । तर गत आइतवार रोबिन्होले इटालियन न्याय प्रणालीलाई ‘जातिवाद’ को आरोप लगाएका छन । 

     ‘जे भएको थियो, त्यो सहमति थियो,’ रोबिन्होले भने, ‘मैले यसलाई कहिल्यै अस्वीकार गरिन, म यसलाई अस्वीकार पनि त गर्न सक्थें किनभने मेरो डीएनए त्यहाँ थिएन, तर म झूटो होइन।’

     उनले अगाडी भने, ‘मैले इटालीमा चार वर्ष खेलें र नस्लवादका घटनाहरू देखेर थकित भएँ, उही मानिसहरू जसले नस्लवादको बारेमा केही गर्दैनन्, जसलाई म अस्वीकार गर्छु, मलाई निन्दा गर्नेहरूलाइ भने म घृणा गर्छु ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend