२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

दशरथ रंगशालामा खेलबाहेकका गतिविधि गर्न नदिन खेलकुद मन्त्रालयको निर्देशन


सञ्चार डबली
  • शुक्रबार, चैत २ २०८०
  • 9.0K
    SHARES

  • images
    दशरथ रंगशालामा खेलबाहेकका गतिविधि गर्न नदिन खेलकुद मन्त्रालयको निर्देशन

    काठमाडौं, चैत २ । युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलबाहेकका गतिविधि गर्न नदिन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ । परिषद्लाई दशरथ रंगशालाको मर्मत नहुँदासम्म र रंगशाला सञ्चालनसम्बन्धी मापदण्डसहितको कार्यविधि जारी नहुँदासम्म खेलबाहेक अन्य गतिविधि स्थगित गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले नेपालमा हुने तय भएको नेपाल र बहराइनबीचको खेल गुणस्तरीय मैदानको अभावमा हुन नसकेको विषयमा दु:ख व्यक्त गरेको छ । फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीच हुने भनिएका दुवै खेल दशरथ रंगशालाको नाजुक स्थितिको कारण नेपालमा हुन सकेनन् ।

    "...मैदानको नाजुक अवस्थाकै बीच मर्मतसम्भार बिना नै निरन्तर खेलकुदलगायत अन्य गतिविधिहरू भइरहेकोतर्फ यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । घरेलु मैदानमा खेल्ने खेलाडीको चाहना र राष्ट्रिय टिमलाई घरेलु मैदानमै समर्थन गर्ने नेपाली खेलप्रेमी दर्शकको चाहना हुँदाहुँदै पनि नेपालले आफ्नो घरेलु खेलसमेत बाहिरै खेल्नुपर्ने अवस्था आउनु दुःखद छ," मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनेको छ ।

    राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरेर नीतिगत अन्योलताको अन्त्य गर्दै दशरथ रंगशालासहित देशका अन्य रंगशालाको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्डसहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अगाडि बढिसकेको पनि मन्त्रालयले जनाएको छ ।

    Khelkud-Mantralaya-1710506342.png

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend