२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रेखाको फिल्म उपहार  सफलताकासाथ दोस्रो सातामा प्रवेश


सञ्चार डबली
  • शुक्रबार, चैत २ २०८०
  • 9.3K
    SHARES

  • images
    रेखाको फिल्म उपहार  सफलताकासाथ दोस्रो सातामा प्रवेश


    काठमाडौं । गत फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म उपहार दोस्रो सातामा प्रवेश गरेको  छ । दोस्रो सातामा पनि फिल्मले दर्शकको अभाव भोग्नु परेको छैन ।  दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएकाले पनि फिल्म पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेको हो ।

    ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्म उपहार यतिबेला देशभरका हलहरुमा सफलताकासाथ प्रदर्शन भैरहेको छ । अभिनेत्री रेखा थापाले मालिकापछि यो फिल्मबाट ५ बर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन । यो फिल्म रिलिज पश्चात उनको क्रेज नघटेको चर्चा भैरहेको छ । साथै, यश पटक हलमा पूजा र बेनिशाको पनि राम्रो क्रेज देखिएको थियोे । यस्तै निर्देशक देउजाको कामको पनि तारिफ भैरहेको छ ।

    धेरै जसो दर्शकले फिल्म दोहोरियाएर हेरेको प्रतिक्रिया दिए । उर्लाबारी–९ मोरङका प्रदिप धिमालले फिल्म राम्रो लागेको कारण पुनस् हेरेको बताए । उनले भने( सबैको कथा समेटिएको छ ।  अधिकांश दर्शकले यसको विषयवस्तु, कमेडी र कलाकारको अभिनयको खुलेरै तारिफ गरिरहेका छन्।

     दर्शकहरु भन्छ्न , ‘फिल्मले अहिलेको समसामयिक विषयवस्तुलाई उठाएको छ। साथमा, यसको कमेडी गज्जबको छ। लामो समयपछि एउटा रमाइलो र मीठो कथामा फिल्म हेर्न पाइयो।’नायिका रेखा थापाले अमेरिकाबाट खुसी व्यक्त गरिन्। उनले फिल्मलाई दर्शकले मन पराएको सुनेर खुसी लागेको सुनाइन्।

     रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा,  अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।

     बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन रेहको फिल्ममा मित्र डि गुरुङको सम्पादन छ । फिल्ममा अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

    अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,सुलक्षण भारतीको कथा , भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद,  फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend