२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

त्रिकोणात्मक टी–२० सिरिजः नामिबियामाथि नेदरल्याण्डस् विजयी


सञ्चार डबली
  • बिहीबार , फागुन १७ २०८०
  • 10.3K
    SHARES

  • images
    त्रिकोणात्मक टी–२० सिरिजः नामिबियामाथि नेदरल्याण्डस् विजयी


    काठमाडौं । नेदरल्याण्डसले नामिबियालाई ५९ रनले पराजित गरेको छ । जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत खेलमा नेदरल्याण्डस् ले दिएको २४८ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएपछि खेल ५९ रनले जितेको थियो ।

     यस अघि पहिला ब्याटिङ गर्दै माइकल लेभिटको आक्रामक १३५ रनको शतकीय पारी र सिब्राण्ड एंगेलब्रेचटको ७५ रनको मद्धतले नेदरल्याण्डस ले २४७ रन बनाएको थियो । यो जारी सिरिजमा नेदरल्याण्डसको दोस्रो जित हो । यसअघि नेदरल्याण्डसले नेपाललाई २ रनले पराजित गरेको थियो ।
     
    त्यस्तै नामिबियाको भने २ खेलमा यो पहिलो हार हो । नामिबियाले पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो । अब सिरिजको अर्को खेल शुक्रबार नेपाल र नामिबियाबीच हुदै छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend